बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष पठायो यस्तो अध्यादेश

बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष पठायो यस्तो अध्यादेश

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सम्पन्न बैठकले बैठकले बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई पनि फौजदारी अपराधमा कारबाही गर्नसरकारले अध्यादेश ल्याएको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले बताए । अध्यादेशमा बलात्कारका घटनामा पञ्चायती वा जुनसुकै नाममा हुने मिलापत्रलाई अपराध किटान गरिएको छ । बलात्कारको परिभाषालाई पनि संशोधन गर्दै अध्यादेशले जोसुकैले जोसुकैलाई बलात्कार गर्नसक्छ भन्ने प्रष्ट पारेको छ । यसअघि मुलुकी अपराध संहितामा महिला मात्र बलात्कृत हुन सक्ने गरी बलात्कारको परिभाषा गरिएको छ ।

अन्तर्राष्ट्रिय अभ्यासलाई पनि हेरेर जोसुकैले जोसुकैलाई बलात्कार गर्नसक्छ भन्ने प्रष्ट परिभाषामा लेखिएको स्रोतले बताएको छ । बलात्कार तथा बलात्कार प्रयासका घटनामा हुने सजायलाई समेत बढाइएको छ ।