काठमाडौंका यी स्थान बने कोरोनाका ‘हटस्पट’ : कुन ठाउँमा कति संक्रमित ?

काठमाडौंका यी स्थान बने कोरोनाका ‘हटस्पट’ : कुन ठाउँमा कति संक्रमित ?

काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोना संक्रमितको संख्या ३० हजार नाघेको छ । दुई दिनअघिसम्मको तथ्याङ्क अनुसार काठमाडौं महानगरपालिकामा ३० हजार ७ सय ७५ जनामा कोरोना संक्रमण भएको छ । २ सय ४ जनाले महानगरमा कोरोनाबाट ज्यान गुमाएका छन् ।

महानगरमा ८ हजार ५ जना सक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा जम्मा १ सय ३६ छन् भने विभिन्न अस्पतालमा ४ सय २५ जनाको उपचार भइरहेको छ । काठमाडौंमा ७ हजार ४ सय ४४ जना संक्रमित होम आइसोलेसनमा छन् ।

काठमाडौं महानगरपालिका वडा नं. १६ सोह्र खुट्टे र वडा नम्बर ३२ कोटेश्वर कोरोना संक्रमणको हटस्पट भएका छन् । सोह्र खुट्टेमा २ हजार ४ सय ८ जनामा कोरोना संक्रमण भएको छ भने कोटेश्वरमा २ हजार ३ सय २३ जनामा कोरोना संक्रमण भएको छ ।

महानगरपालिकाको वडा नं. ९ गौशालामा १ हजार ५ सय ९९, वडा नं. १० नयाँ बानेश्वरमा १ हजार ८ सय १०, वडा नं। १४ कलंकीमा २ हजार ५१, वडा नं. १५ स्वयम्भूमा १ हजार ९ सय ९८ र वडा नं. ३१ भिमसेनगोलामा १ हजार ४ सय ६८ जनामा कोरोना संक्रमण भएको छ ।

अन्य ठाउँमा कति ?