प्रचण्डलाई महासचिव पौडेलले भने-'परिस्थिति गम्भीर भयो, प्रतिवेदन फिर्ता लिनुहोस्'

प्रचण्डलाई महासचिव पौडेलले भने-'परिस्थिति गम्भीर भयो, प्रतिवेदन फिर्ता लिनुहोस्'

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले पार्टी गम्भीर मोडमा पुगेको बताएका छन् । शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि महासचिव पौडेलले नेकपा गम्भीर स्थितिमा पुगेको बताएका हुन् । उनले पार्टीभित्रको ‘परिस्थिति धेरै गम्भीर’ रहेको बताए ।

पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डसहित महासचिव पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलबीच भेटवार्ता भएको थियो ।
गत कात्तिक २८ गतेको सचिवलाय बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावपछि आक्रोशित बनेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले काउण्टरमा अर्को प्रस्ताव ल्याउने भएका छन् ।

आजको भेटमा पौडेले प्रचण्डलाई पार्टी एकता संकटमा परेको भन्दै सचिवालयमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिन आग्रह गरेका थिए ।