नेकपा महासचिव पौडेल र उपप्रधानमन्त्री पोखरेललाई पार्टी कार्यालयमा बोलाएर प्रचण्डले दिए यस्तो चेतावनी

नेकपा महासचिव पौडेल र उपप्रधानमन्त्री पोखरेललाई पार्टी कार्यालयमा बोलाएर प्रचण्डले दिए यस्तो चेतावनी

काठमाडौं । पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरूप नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी महासचिव विष्णु पौडेल र उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग परामर्श गरेका छन् । धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रचण्डले महासचिव पौडेल र पोखरेलसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डले लेखेको पत्र र सचिवालयमा वितरण गरेको राजनीतिक दस्तावेजका कारण नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । ओली पक्षले सो प्रस्ताव फिर्ता लिन प्रचण्डसँग आग्रह गरेको छ । 

बुधवार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीले मंसिर १३ गते बस्ने सचिवालय बैठकमा प्रचण्डको पत्रको जवाफ दिने बताएका छन् ।  नेकपा विवाद उत्कर्षमा पुगेको बेला यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

भेटमा प्रचण्डले नेताद्धयलाई ओलीले चाल्ने गलत कदममा साथ नदिन प्रचण्डले चेतावानी दिएको स्रोतको दाबी छ । ओलीले पार्टी विभाजनलाई सहयोग पुग्नेगरी अध्यादेश ल्याउन सक्ने र संसद भंग गरेर नयाँ जनादेश लिने तयारी गर्नसक्ने भन्दै यस्ता कदममा साथ नदिन प्रचण्डले  सचेत गराएका थिए ।