बालुवाटारमा शुरू भयो मन्त्रिपरिषद् बैठक

बालुवाटारमा शुरू भयो मन्त्रिपरिषद् बैठक

काठमाडौं । नेकपा सचिवालय बैठक सकिएलगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् सचिवालय बैठक लम्बिएकाले करीब सवा घण्टा ढिला गरी शुरू भएको हो ।

नेकपा विवाद उत्कर्षमा पुगेका बेला बोलाइएको मन्त्रिपरिषद् बैठकलाई महत्त्वका साथ हेरिएको थियो । यद्यपि सचिवालय बैठकमा प्रधानमन्त्री ओली पनि उपस्थित भएपछि खतरा तत्कालका लागि टरेको देखिएको छ ।

अब ओलीले पनि सचिवालयमा  छुट्टै प्रस्ताव पेश गर्ने भएका छन् । ओलीको प्रस्ताव आएपछि दुवै प्रस्तावमाथि छलफल गर्नेगरी सचिवालयको बैठक मंसिर १३ गतेसम्मको लागि स्थगित भएको छ ।