नेकपा सचिवालय बैठक सकियो, मंसिर १८ गते स्थायी कमिटी बैठक बस्ने

नेकपा सचिवालय बैठक सकियो, मंसिर १८ गते स्थायी कमिटी बैठक बस्ने

काठमाडौं । नेकपाको सचिवालय बैठक  सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा डेढ घण्टा छलफल भएको थियो। अब सचिवालयको अर्को बैठक १० दिनपछि बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

बैठकमा प्रधानमन्त्री केपी ओलीले आफ्ना कुराहरु राखेका थिए । ओलीले अब बस्ने सचिवालयमा आफूले पनि राजनीतिक दस्तावेज पेश गर्ने र प्रचण्ड र आफ्नो दुबैको दस्तावेजमाथी छलफल गरेर सहमतिमा पुग्ने प्रस्ताव गरेका थिए । 

आगामी मंसिर १८ गते स्थायी कमिटी बैठक बस्ने पनि निर्णय आजको बैठकले गरेको छ । यसअघि १५ मंसिरमा बस्ने भनिएको केन्द्रीय समितिको बैठक भने मंसिर २५ गते बस्ने भएको छ । 

बैठकमा पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा अ‍ोली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, रामबहादुर थापा बादल र ईश्वर पोखरेल सहभागी थिए ।