नेकपा सचिवालय बैठक जारी, प्रधानमन्त्री ओलीसहित सबै सदस्य सहभागी

नेकपा सचिवालय बैठक जारी, प्रधानमन्त्री ओलीसहित सबै सदस्य सहभागी

काठमाडौं । नेकपा सचिवालय बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरू बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसहित सबै सदस्य सहभागी छन् । 

प्रधानमन्त्री ओलीले अन्तिम समयसम्म आजको बैठक सार्न  खोजेका थिए।  तर बहुमत सचिवालय सदस्यले बैठक गर्नुपर्ने अडान लिएपछि प्रधानमन्त्री ओली बैठकका लागि तयार भएका हुन्।

यसअघि कात्तिक २८ गते बसेको सचिवालय बैठकले स्थायी कमिटीको निर्णय कार्यान्वयन र पार्टीको आन्तरिक मामलामा देखिएको समस्यामा छलफल हुने एजेण्डा तय गरेको थियो। सचिवालय बैठकमा एकतर्फी रूपमा प्रचण्डले प्रतिवेदन पेश गरेको भन्दै प्रधानमन्त्री ओली आक्रोशित बनेका थिए।

प्रधानमन्त्री ओलीनिकट नेताहरूले प्रचण्डले राजनीतिक प्रतिवेदन फिर्ता लिनु पर्ने बताउँदै आएका छन्। आजको बैठक औपचारिक रुपमा सुरु गरेर लामो छलफल नगरि स्थगित गर्ने ओलीस्को तयारी रहेको छ ।