बालुवाटारमा १ बजे नै बस्नेभयो नेकपा सचिवालय बैठक, मन्त्रिपरिषद बैठक के हुन्छ ?

बालुवाटारमा १ बजे नै बस्नेभयो नेकपा सचिवालय बैठक, मन्त्रिपरिषद बैठक के हुन्छ ?

काठमाडौं । बुधबार दिउँसो १ बजेका लागि तय गरिएको मन्त्रिपरिषद बैठक एक घण्टा धकेलिएको छ। दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको हो। महासचिव विष्णु पौडेलले आज बिहान कार्यकारी अध्यक्ष प्रचण्डसँग परामर्श गरेपछि सचिवालय बैठक साविक समयमा बालुवाटारमा बस्ने र मन्त्रिपरिषद् बैठक एक घण्टा पछि सार्ने समझदारी भएको हो । 

यससँगै नेकपा सचिवालय बैठक आज १ बजे बालुवाटारमा बस्दैछ । सचिवालयमा प्रधानमन्त्री ओली पनि सहभागी हुने बताइएको छ । सचिवालयमा प्रचण्ड समूहको कार्यशैलि हेरेर मन्त्रिपरिषद् बैठकमा थप कदम चाल्ने ओलीको तयारी रहेको छ ।  

आजको सचिवालय बैठक सार्न प्रधानमन्त्री ओली निकै पहल गरेका थिए । अर्का अध्यक्ष  प्रचण्डसहित बहुमत सदस्य भने सचिवालय बैठक आजै गर्ने पक्षमा अडान लिएपछि आजै बैठक बस्ने भएको हो ।