नेकपा सचिवालय बैठक तोकिएकै समयमा प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक

नेकपा सचिवालय बैठक तोकिएकै समयमा प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक

काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठकका लागि तोकिएकै समयमा मन्त्रिपरिषद् बैठक राख्ने भएका छन्। प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

गत कात्तिक २८ गते बसेको नेकपा सचिवालय बैठकले आजै दिउँसो १ बजे अर्को बैठक राख्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने भएपनि प्रधानमन्त्री ओलीले सचिवालय बैठक टार्नकै लागि आकस्मिक रुपमा आजै मन्त्रिपरिषद् बैठक बोलाएको बताइन्छ । 

प्रधानमन्त्री ओलीले यसअघिदेखि नै आजका लागि तोकिएको सचिवायल बैठक सार्नुपर्ने अडान लिइरहेका थिए ।पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकहाँ महासचिव विष्णु पौडेललाई पठाएर ओलीले आफूविरुद्धको प्रस्ताव फिर्ता लिन र बुधबारको बैठक सार्न आग्रह गरेका थिए।

तर प्रचण्डले सचिवालय बैठक बुधबार नै राख्नुपर्ने अडान दोहोर्‍याएका थिए। सचिवालय बैठकमार्फत प्रचण्ड नेपाल समूह वार कि पारको संघर्ष गर्न तम्शिएपछि ओलीले मंगलबार राति नै राष्ट्रपति विद्या भण्डारीसँग परामर्श गरेका थिए । सो परामर्शमा नयाँ पार्टी गठनदेखि संसद विघटनसम्मका विषयमा छलफल भएको थियो । आजको मन्त्रिपरिषद् बैठकले पनि यीनै पेरिफेरिमा निर्णय लिन सक्ने स्रोतले बतायो ।