ओली समूहका नेताहरु बालुवाटारमा भेला, प्रचण्ड समूहसँग भिड्ने रणनीति तय हुँदै

ओली समूहका नेताहरु बालुवाटारमा भेला, प्रचण्ड समूहसँग भिड्ने रणनीति तय हुँदै

काठमाडौं । पार्टी सचिवालयको बैठकबारे आपसी रणनीति तय गर्न प्रधानमन्त्री केपी ओली समूहका नेताहरु बालुवाटारमा भेला भएकाछन् ।  उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री तथा पार्टी महासचिव बिष्णु पौडेल, प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ बालुवाटारमा छलफलमा जुटेका छन्।

भोलीका लागि बोलाइएको पार्टी सचिवालय बैठक कुनै हालतमा नरोक्ने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अडान लिएपछि आगामी रणनीति तय गर्न तीन नेताबीच छलफल भइरहेको हो। स्रोतका अनुसार मध्यान्ह १२ बजेदेखी पोखरेल बालुवाटार मै छन्। कार्यकारी अध्यक्ष प्रचण्डलाई भेटेलगत्तै पार्टी महासचिव पौडेल पनि बालुवाटार पुगेका हुन्।

भोलिको बैठक रोकेर सहमतिको प्रयास जारी राख्न पौडेल दौडधुप गरिरहेका छन्। पौडेलले प्रचण्डलाई भेटेर उनले शुक्रबार सचिवालयमा पेस गरेको प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए।

उनको सो प्रस्ताव प्रचण्डले अस्वीकार गरेपछि प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री पोखरेल र अर्थमन्त्री समेत रहेका महासचिव आपसी रणनीति तय गर्न बालुवाटारमा जुटेका हुन्।