ओलीको ‘दूत’ बनेर खुमलटार पुगेका नेकपा महासचिव पौडेललाई प्रचण्डले दिए यस्तो चेतावनी

ओलीको ‘दूत’ बनेर खुमलटार पुगेका नेकपा महासचिव पौडेललाई प्रचण्डले दिए यस्तो चेतावनी

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको सन्देश लिएर खुमलटटार गएका नेकपा महासचिव विष्णु पौडेलले पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । विवाद समाधानको प्रयास स्वरुप ओली दूत बनेर महासचिव पौडेल मंगलबार बिहान नेकपाका अर्का अध्यक्ष प्रचण्ड निवास गएका हुन् ।

प्रचण्डसँग भेट गरेर पौडेल फर्किएका छन् । उनीहरुबिच विवाद समाधानको प्रयासबारे छलफल भएकोछ । ओलीले यसअघि हिजो प्रचण्ड पक्षका माधव नेपाल र बामदेव गौतमलाई बालुवाटार बोलाएर छलफल गरेका थिए। पौढेलले सचिवालयमा पेश भएको राजनीतिक प्रतिवेदन फिर्ताको सम्भावनाबारे प्रचण्डको धारण मागेका थिए । प्रधानमन्त्री ओली उक्त प्रतिवेदन फिर्ता नभएसम्म बैठक बस्न नसकिने बताएकोले पुर्नविचार गर्न प्रचण्डलाई पौडेलले आग्रह गरेका थिए । 

तर प्रचण्डले उक्त प्रतिवेदन फिर्ता नहुने र ओली बैठकबाट भागेमा बहुमतको आधारमा निर्णयहरु लिइने र उक्त निर्णय कार्यन्वयनको लागि ओलीलाई दबाव दिइने बताएका थिए । 

प्रधानमन्त्री ओली पक्षले प्रचण्डले गएको शुक्रबार सचिवालय बैठकमा पेश गरेको १९ पृष्ठ लामो प्रस्ताव फिर्ता भएपछि मात्रै मंसिर ३ गते निर्धारित पार्टी केन्द्रीय सचिवालय बैठक बस्ने अडान लिएको छ ।

तर प्रचण्ड पक्षका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले भने प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रस्ताव आफूहरुको सामूहिक रहेको बताउँदै आएका छन् ।