काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेताहरू एउटै डुङ्गामा रहेकाले आरोप(प्रत्यारोप नगर्न आग्रह गरेका छन्। विद्युतीय सामाजिक सञ्जाल ट्वीटरमा ज्ञवालीले पार्टी एकता अप्ठ्यारोमा रहेको, तर रक्षा गर्ने प्रयास पनि जारी रहेको उल्लेख गर्दै संकटकका बादलहरू हटेर जाने आशा पनि व्यक्त गरेका छन्।
उनले लेखेका छन्, 'पार्टी एकता अप्ठ्यारोमा छ, तर एकताको रक्षा गर्ने प्रयास पनि जारी छ । आशा छ, संकटका बादलहरू हटेर जानेछन् । कमरेडहरूलाई आग्रह छ, नीतिगत वहस गरौँ, आरोप प्रत्यारोप नगरौँ । एउटै डुंगामा छौं र भोलि कुनै घुम्तीमा अवश्य जम्काभेट हुनेछ। आहानै छ,खाना खाँदा पानी खाने ठाउँ बाँकी राख्नु पर्छ।'
शुक्रबारदेखि शुरू भएको नेकपा सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच भएको 'पत्र युद्ध'को विवरण पेश भएको छ। बैठक मंसिर ३ गतेसम्मका लागि सारिएपछि यो बीचमा अध्यक्ष ओलीले प्रचण्डसँग सहकार्य गरेर जान नसकिनेसम्मका अभिव्यक्ति नेताहरूसामु राखिरहेका छन्।