प्रधानमन्त्रीद्वारा बहिनीको हातबाट भाइटीका ग्रहण

प्रधानमन्त्रीद्वारा बहिनीको हातबाट भाइटीका ग्रहण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीको हातबाट तिहारको टीका लगाएका छन् । प्रधानमन्त्रीले बालुवाटारमा बहिनीको हातबाट टीका ग्रहण गरेका हुन् । 

बहिनी कौशल्या कोइरालाले बालुवाटारमा आफ्ना दाजु र भाउजुलाई टीका लगाइदिएकी हुन् ।  साथै प्रधानमन्त्रीले पनि आफ्नी बहिनीलाई टीका लगाइदिएका थिए ।