आज थपिए १४७७ जना कोरोना संक्रमित, कुन जिल्लामा कति ?

आज थपिए १४७७ जना कोरोना संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौं । नेपालमा आज थप १४७७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६४७६ जनाको पीसीआर परीक्षणमा १४७७ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा २७९८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने १ लाख ७३ हजार ४ सय ३० जना छन् । नेपालमा निको हुने दर ८२ दशमलव ७ प्रतिशत रहेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३५१२५ रहेको छ ।

नेपालमा आजसम्म १६ लाख ९ हजार ७९ जनाको पीसीआर परीक्षण भएको छ भने पोजिटिभ केस २ लाख ९ हजार ७ सय ७६ जनामा भेटिएको छ । कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १२२१ रहेको छ । संक्रमितमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित ?
प्रदेश १ को इलाममा ५, उदयपुरमा १, ओखलढुंगामा १, खोटाङमा ४, झापामा २२, ताप्लेजुङमा ८, तेह्रथुममा ७, धनकुटामा ६, भोजपुरमा २, मोरङमा ३१, संखुवासभामा २, सोलुखुम्बुमा १३ र सुनसरीमा २६ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धनुषामा १, बारामा ३, महोत्तरीमा १, रौतहटमा २, सप्तरीमा ४, सर्लाहीमा २ र सिरहामा ५ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ३२ जनामा कोरोना भेटिएको छ । काभ्रेमा ४, चितवनमा ३६, दोलखामा ५, धादिङमा ९, नुवाकोटमा ४४, भक्तपुरमा ४२, मकवानपुरमा ५, रसुवामा ३, ललितपुरमा १ सय ३३ र सिन्धुपाल्चोकमा ४ जनामा कोरोना पुष्टि भएको छ।

गण्डकी प्रदेशको कास्कीमा ३९, गोरखामा १८, तनहुँमा ६, नवलपरासी पूर्वमा ८, लमजुङमा १६, बागलुङमा २ र स्याङजामा ३ जनामा कोरोना भेटिएको छ। कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुका १७, गुल्मीका २२, दाङका ६४, नवलपरासीका १६, पाल्पाका २२, प्यूठानका १०, बर्दियाका ६, बाँकेका २८, रोल्पामा २ र रुपन्देहीका ९१ जना छन्।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा ६, रुकुम पश्चिममा २, सल्यानमा १, सुर्खेतमा २ र हुम्लामा १ जनमा कोरोना भेटिएको छ। सुदूरपश्चिम प्रदेशको अछाममा ३, कञ्चनपुरमा ६, कैलालीमा ३३, डडेल्धुरामा २, बझाङमा ६ र बैतडीमा ६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।