प्रधानमन्त्री ओलीले गरे बामदेव गौतमलाई सरकारमा सहभागी हुन आग्रह, गौतमले फर्काए यस्तो जबाफ

प्रधानमन्त्री ओलीले गरे बामदेव गौतमलाई सरकारमा सहभागी हुन आग्रह, गौतमले फर्काए यस्तो जबाफ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले उपाध्यक्ष बामदेव गौतमलाई बालुवाटार बोलाएर छलफल गरेका छन् । छलफलको क्रममा ओलीले गौतमलाई उपप्रधाससहित सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।  तर गौतमले ओलीको प्रस्ताव अश्वीकार गर्दै सच्चिन आग्रह गरेको बताइएको छ । 

करिब एक घण्टा भएको छलफलमा गौतमले पार्टीभित्रको विवाद उच्च तहमा पुग्नुमा प्रधानमन्त्री ओली नै दोषी रहेकाले अरुलाई आरोप लगाएर उम्किन नपाउने बताएका हुन् । पार्टीभित्रको विवादमा कसरी समाधान गर्ने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले गौतमलाई बालुवाटार बोलाएका थिए । पछिल्लो समय ओलीले गौतमलाई उपप्रधानमन्त्री सहित सरकारमा सहभागी हुन आग्रह गरेको सन्दर्भमा दुईजनाबीच भेटवार्ता भएको हो ।

गौतमले भने आफु सरकारमा नआउने जानकारी प्रधानमन्त्री ओलीलाई गराएको बुझिएको छ । यसअघि शुक्रबार पनि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधब नेपाल र गौतमसँग छलफल गरेका थिए । सत्तारुढ नेकपाभित्र केही समयदेखि विवाद चुलिएको छ । पार्टीका दुई अध्यक्षबीच भएको पत्राचार र आरोप–प्रत्यारोपका कारण पार्टी एकता अझ संकटमा परेको अनुमान गरिएको छ ।