प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच छलफल, के भयो कुराकानी ?

प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच छलफल, के भयो कुराकानी ?

काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार करिव दुई घण्टा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन्। पार्टी फुटको डिलमा पुगेका बेला ओलीले राष्ट्रपतिलाई भेट्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ । 

ओली राष्ट्रपति भण्डारीलाई भेट्न दिउँसो शितलनिवास पुगेका थिए। नेकपामा विवाद उच्च तहमा पुगेका बेला हस्तक्षप गर्दै आएकी भण्डारीसँग प्रधानमन्त्रीले भेट्नुलाई कतै उनी पार्टी फुटाउन सहज हुनेगरी अध्यादेश त ल्याउँदै छैनन् भन्ने आशंका उनीइत्तरका शक्तिहरुले गरिरहेका छन् । 

ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकअर्कालाई आरोपप्रत्यारोप, गालीगौलज र असन्तुष्ट छताछुल्ल पारेको भोलीपल्ट ओली शितल निवास पुगेका हुन्। पार्टी सचिवालयमा अल्मतमा परेका ओलीले संसद विघटन गर्ने भन्नेमा केन्द्रित भएर निकटतमहरुसँग छलफल तिब्र पारेको स्रोत बताउँछ।