आज थपिए १९४६ जना कोरोना संक्रमित, २५०३ जना संक्रमणमुक्त

आज थपिए १९४६ जना कोरोना संक्रमित, २५०३ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८ हजार २९९ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ५०३ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७० हजार ६३२ जना निको भएका छन्।  आज देशभर ३६ हजार ४५२ जना सक्रिय संक्रमित छन्। 

पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १२१५ पुगेको छ।