प्रचण्ड नेपाल समूहले भन्यो ‘सचिवालयमा पेश गरेको प्रतिवेदन हाम्रो साझा दृष्टिकोण हो’

प्रचण्ड नेपाल समूहले भन्यो ‘सचिवालयमा पेश गरेको प्रतिवेदन हाम्रो साझा दृष्टिकोण हो’

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले पार्टी सचिवालयको बैठकमा पेश गरेको १९ पुष्ठ लामो राजनीतिक प्रतिवेदनले नेकपाभित्र तरङ्ग छाएको छ। कार्यकारी प्रचण्डको तर्फबाट पेश भएको प्रतिवेदन प्रचण्डसहित वरिष्ठ नेताद्धय झलनाथ, खनाल माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरुको साझा भएको प्रष्टिकरण दिएका छन्।

सचिवालय बैठककै क्रममा आफूहरुको समेत प्रतिनिधित्व गरी अध्यक्ष प्रचण्डबाट राजनीतिक प्रतिवेदन पेश भएको र सो माथि गम्भिरतापूर्वक छलफल हुनुपर्ने भनाई उपाध्यक्ष वामदेव गौतमले राखेका थिए । त्यस्तै नेता माधवकुमार नेपालले पनि सो प्रस्ताव आफूहरुको संयुक्त भएको बताएका छन्। ओली निकट नेताहरुसँग पनि पाँच नेताले सो प्रस्ताव आफूहरुको संयुक्त भएको बताएका छन्।

खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र त्यसले पार्टीको आन्तरिक जीवनमा देखा परेको विवादबारे पेश गरिएको राजनीतिक प्रतिवेदनले अहिले नेकपामा तरङ्ग मच्चिरहेको छ। ओलीनिकट केही नेताहरुले प्रचण्डको यो एकल प्रस्ताव पार्टी एकताको मर्म विपरीत रहेको भन्दै सचिवालय बैठकमा पेश गरेको प्रतिवेदन फिर्ता लिन माग गरिरहेका छन्।