निर्णायक मोडमा प्रचण्डलाई साथ देलान् बादलले ?

निर्णायक मोडमा प्रचण्डलाई साथ देलान् बादलले ?

काठमााडाैं । भूमिगत कालदेखिनै सहकार्य गर्दै आएका तर वर्तमान अवस्थामा नेकपाको प्रतिवद्वन्दी खेमामा रहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा बादलबीच शुक्रबार डेढ घण्टा लामो छलफल भएको छ।

बालुवाटारमा केन्द्रीय सचिवालय बैठक बस्नुअघि खुमलटार पुगेर बादलले प्रचण्डसंग छलफल गरेका थिए। हाल प्रधानमन्त्री केपी शर्मा ओलीको खेमामा देखिएका बादलले निर्णायक मोडमा प्रचण्डलाई नै साथ दिने प्रष्टीकरण दिएका छन्। मन्त्रिपरिषदको सदस्य भएको कारण ओलीको विरुद्धमा बोल्न आफुलाई असहज हुने बादलले बताएका थिए ।

ओलीले प्रचण्डलाई पठाएको पत्रमा बादललाई मन्त्रिपरिषदबाट हटाउन प्रचण्डले चाहेको आरोप लगाइएको छ। त्यसबारे प्रचण्डले पनि बादललाई स्पष्टीकरण दिएका छन्, बरु उनलाई उपप्रधानमन्त्री बनाउन आफ्नो पहल ओलीले नसुनेको प्रचण्डले बताएको स्रोतले बतायो।

यसअघि कार्तिक १६ गते खुमलटारमा भएको ओलीसँगको असन्तुष्ट समूहको भेलामा बादल सहभागी थिए। तर प्रचण्डले पार्टी मुख्यालय धुम्बाराहीमा आयोजना गरेका तीन अनौपचारिक सचिवालय बैठकमा बादल सामेल थिएनन्।