नेकपा सचिवालय बैठक सम्पन्न, गर्यो यस्तो निर्णय

नेकपा सचिवालय बैठक सम्पन्न, गर्यो यस्तो निर्णय

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले मंसिर ३ गते अर्को बैठक बस्ने गरी एजेण्डा तय गरेको छ ।

आगामी बैठकमा पार्टी स्थायी कमिटीको निर्णय कार्यान्वयन र पार्टीको आन्तरिक मामलामा देखिएको समस्यामा छलफल हुने एजेण्डा तय भएको छ। साथै आगामी बैठकमा जारी विवादलाई अंशअंश केलाएर सहमति खोजिने भएको छ । 

यसअघि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ जना सचिवालय सदस्यहरूले प्रधामन्त्री केपी शर्मा ओलीलाई भेटेर बैठक राख्न लिखित पत्र बुझाएका थिए। तर प्रधानमन्त्री ओलीले तत्कालै बैठक नराख्ने भन्दै विधान अनुसार जाने जवाफ दिएका थिए।

कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले २७ गतेसम्म पनि प्रधानमन्त्री ओलीले बैठक नबोलाएमा आफूहरूले नै बैठक राख्ने चेतावनी दिएका थिए। 

आजको बैठक छोटो भएपनि नेकपामा छलफलबाटै जारी विवादको समाधानको खोजि हुन थालेको भन्दै नेता कार्यकर्ता उत्साहि भएका छन् ।