बैतडीमा बस दुर्घटना, ९ जनाको मृत्यु

बैतडीमा बस दुर्घटना, ९ जनाको मृत्यु

बैतडी । बैतडीको पाटन नगरपालिका ८ खोडपेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्युु भएको छ । गन्नादेखि महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस पाटन नगरपालिका ८ खोडपेमा बिहीबार राति साढे १० बजे दुर्घटना भएको हो ।

मृत्यु हुनेमा ७ जना पुरुष र २ जना महिला रहेका छन । बस सानो घुम्तीबाट बस ५ सय मिटर जति तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएका एकजनाको पहिचान खुलेको छ । चार जनाको नाम मात्रै खुलेको छ ।

बैतडीको दोगडाकेदार ६ का प्रहरी जवान रणवहादुर चन्दको परिचयपत्रका आधारमा सनाखत भएको हो । त्यसैगरी नरेन्द्र चौधरी, जगतनाथ ओझा, विमल वडु र तारा गिरीको पनि दुर्घटनामा परी मृत्यु भएको छ ।

दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते ७ जनालाई धनगढी पठाइएको छ । २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बसमा ५० जना भन्दा बढी सवार रहेको बताइएको छ । दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै यकिन भइनसकेको प्रहरीले जनाएको छ ।