नेपालमा कोरोनाको प्रभाव कम भएको हो ? आज जम्मा १९१३ जनामा संक्रमण पुष्टि

नेपालमा कोरोनाको प्रभाव कम भएको हो ? आज जम्मा १९१३ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । 

स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार ११८९ जनाको मृत्यु भएको छ भने १ लाख ६४ हजार ५९२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २३४९ जना संक्रमणमुक्त भएका हुन् भने १५ जनाको निधन भएको हो । 

देशभर ३८ हजार ४६१ संक्रिय संक्रिमित छन् । दशैंपछि जुन संख्यामा संक्रमित थपिने भय थियो त्यसमा कमि आएको देखिएपनि परीक्षण कम भएकोले संख्या घटेको विज्ञहरुले दाबी गर्दै आएका छन् ।