काठमाठौं उपत्यकामा कडा लकडाउन गर्न प्रस्ताव

काठमाठौं उपत्यकामा कडा लकडाउन गर्न प्रस्ताव

काठमाडौं । उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा कडालकडाउन गर्न सुझाव दिएको छ । बुधबार फोरमले कोरोना भाइरस नियन्त्रण र रोकथामबारे सिसिएमसिलाई काठमाडौं उपत्यकामा तिहारलगत्तै लकडाउन गर्न प्रस्ताव गरेको हो ।

फोरमका सचिव तथा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुुन्दर श्रेष्ठले काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेकाले केही समयका लागि कडा लकडाउन हुनसक्ने जानकारी दिए ।

मेयर श्रेष्ठले काठमाडौं उपत्यकामा बढ्दो सङ्क्रमणको दर र यसलाई नियन्त्रणका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको जानकारी दिए । उनले उपत्यकामा बढिरहेको सङ्क्रमण दर नियन्त्रणका लागि तिहार, छठ लगत्तै निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा गम्भीर छलफल भएको बताए ।