काठमाडौं । नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको सचिवालय बैठक रोक्न प्रधानमन्त्री केपी ओलीले पहल गरेपनि सफल भएनन् । ओलीलाई भेटेर प्रचण्ड पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालय बैठकको नेतृत्व गर्न पुगेका छन् ।
बालुवाटारमा प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि प्रचण्ड धुमबाराही बैठक पुगेका हुन् । बैठक यतिवेला जारी छ । धुम्बाराही बैठकमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सहभागी छन् । ओलीपक्षले भने यो बैठक बहिस्कार गरेको छ ।
प्रचण्ड नेपाल समूहले यसअघि पनि शुक्रबार र शनिबार धुम्बाराही बैठक बसेपछि प्रधानमन्त्री ओलीलाई बैठक राख्ने सहमति दिन माग गरेका थिए। तर, प्रधानमन्त्री ओलीले अहिलेसम्म पनि सहमति दिएका छैनन्।