वार कि पार हुनेभयो नेकपाको विवाद, प्रचण्डले बोलाए सचिवालय बैठक

वार कि पार हुनेभयो नेकपाको विवाद, प्रचण्डले बोलाए सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद चर्किदै गर्दा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सचिवालयको बैठक बोलाएका छन्। अध्यक्ष प्रचण्डले मंगलबार दिउँसो ४ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा  बैठक बोलाएका हुन् ।

अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग सहमति लिनका लागि लिखित पत्र बुझाएको ३ दिन हुँदा पनि बैठकका विषयमा ठोस प्रस्ताव नआएपछि कार्यकारी अधिकार प्रयोग गर्दै प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् । 

यसअघि आज सचिवालय बैठक नबोलाउन ओलीको दुतको रुपमा शंकर पोखरेलले खुमलटार पुगेर आग्रह गरेका थिए । तर प्रचण्डले ओलीको आग्रहको व्यवस्था गर्दै सचिवालय बैठक बोलाएकोले नेकपाको जारी विवाद वार कि पार हुने देखिएको छ । 

प्रचण्ड र माधव नेपाल समूहले सचिवालय बैठकमार्फत स्थायी कमिटी बैठक बोलाउने र सोही बैठकमार्फत प्रधानमन्त्री ओलीलाईए सरकारबाट फिर्ता बोलाउने तयारी गरेको स्रोतको दाबी छ ।