आज थपिए २८१७ कोरोना संक्रमित, थप २१ जनाको मृत्यु

आज थपिए २८१७ कोरोना संक्रमित, थप २१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा २८१७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार  नेपालमा संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ।

यसैबीच पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट २१ जनाले ज्यान गुमाएका छन् भने २ हजार ८ सय १२ जना संक्रमणमुक्त भएका छन्।  नेपालभर अहिलेसम्म १ लाख ९४ हजार ४ सय ५३ जना कोरोनाबाट संक्रमित भएका छन्। 

नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार १०८ पुगेको छ ।