काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा आफू अल्पमतमा नरहेको दाबी गरेका छन्। एक टेलिभिजनको टक शोमा बोल्दै प्रधानमन्त्री ओलीले कसैले भ्रम पालेको भए त्याग्न आग्रह गरे।
सचिवालयमा अल्पमतमा परेका प्रधानमन्त्री ओली स्थायी कमिटी तथा केन्द्रीय कमिटीमा पनि अल्पमतमा रहेको अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षले बताउँदै आएको छ। अल्पमतमा परेर बैठकबाट आफू भागेको भन्ने बजार हल्लामात्रै रहेको भन्दै प्रतिवाद गरे।
शुक्रबार धुम्बाराहीमा बसेको पाँच जना सचिवालय सदस्यको बैठक अनुचित भएको उनले बताए। गुटगत बैठकको अर्थ नरहेको उनले बताए। ‘एउटा गुटगत बैठकको निर्णय बोकेर पार्टी कमिटीको बैठकमा आउनु विल्कुलै उचित होइन।’