बालुवाटार पुगेका प्रचण्ड, झलनाथ र माधवसँग यसरी जंगिए ओली

बालुवाटार पुगेका प्रचण्ड, झलनाथ र माधवसँग यसरी जंगिए ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)भित्रको विवाद समाधानको लागि सचिवालय बैठक बोलाउन माग गर्न शनिबार सचिवालयका ६ सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई भेटेका छन् । ओलीलाई सचिवालय बैठक डाक्न अनुरोध गर्न प्रचण्डसँगै वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ अहिले बालुवाटार पुगेका थिए ।

शीर्ष नेताहरु बालुवाटार पुगेर ओलीसँग दुई घण्टा कुराकानी गरेपनि कुनै निकास निस्कन सकेन ।  उल्टै शीर्ष नेताहरुबीच चर्काचर्की परेको सहभागी एक नेताले बताए । बैठकमा ओलीले कुनै निष्कर्ष नदिनु भनेको बैठक बोलाउन नचाहेको बुझिएको प्रवक्ता श्रेष्ठले बैठक सकिएपछि जानकारी दिए।  उनले आफूहरुले बैठक बोलाउन लिखितपत्र भने बुझाएको बताए।

छलफलमा ओलीले आफूविरुद्ध लागिसकेपछि किन बैठक चाहियो भनी प्रश्न गरेको बताए। ओलीलाई उद्धृत गर्दै एकनेताले भने, -'मेरा विरुद्ध किन लागेको ? बैठक किन चाहियोरु तपाईहरुले जे गरे नि गर्नुस्' भन्दै ओलीज्यु कड्किनुभयो। ११ बजे बालुवाटार पुगेका नेताहरु ओलीको प्रश्न सुनेर निष्कर्षविहिन निस्किए। 

ओलीले पार्टी एकताविरोधी गतिविधि गर्ने र दोश आफूलाई पर्न एकताको पहल गरेजस्तो गर्ने काम बन्द गर्न चेतावनी दिएका थिए ।