बहुमत सचिवालय सदस्यसहितको बैठक धुम्बाराहीमा शुरु

बहुमत सचिवालय सदस्यसहितको बैठक धुम्बाराहीमा शुरु

काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालयको  बैठकमा बहुमत सदस्यको सहभागीतासहित शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

बहुमत सदस्य रहेको आजको बैठकमा प्रधानमन्त्री केपी ओलीका पछिल्ला कदमबारे छलफल हुनेछन् । प्रधानमन्त्री पक्षका नेताहरुले भने उक्त बैठक बहिस्कार गरेका छन् । ओली पक्षले उक्त बैठकलाई गुटगत भेला भनेको छ ।

ओलीसहित उनीनिकटका सचिवालय सदस्यहरु इश्वर पोखरेल, विष्णु पौडेल र राबहादुर थापा बैठकमा उपस्थित भएका छैनन् ।