बिज्ञापन हेरेर अस्ट्रेलिया नआए पनि हुन्छ

बिज्ञापन हेरेर अस्ट्रेलिया नआए पनि हुन्छ

अस्ट्रेलिया  । लाखौ खर्च गरेर बिभिन्न भिषामा नेपालबाट सपना, अवसर र पीआरको खोजिमा अस्ट्रेलिया आउने गर्छन धेरै नेपाली ।  कतिका सपना साकार हुन्छन त कतिको बिना सासको शरीर एनआरएन र चन्दाबाट उठेको रकमबाट  बाकसमा पोको परेर नेपालमै फर्किन्छ । 

आफ्नो भाग्य चम्काउन अस्ट्रेलिया आउनेहरुको लर्को अझै पनि कम भएको छैन ।  त्यहि भएर पनि होला आजकाल हामी नेपाली समुदायको उपस्थिति अस्ट्रेलियाका प्राय सबै राज्यमा बाक्लै हुने गरेको छ ।  

नेपाली बस्ति बढेसंगै ठगी, आपराधिक क्रियाकलाप डिप्रेसन अनि आत्महत्या पनि उतिकै बढ्दै गइरहेको देख्न सकिन्छ।  एक पछि अर्को घटनाहरु आउने सेलाउने क्रम जारी नै छ । यसको मूल कारण के हो भन्ने त प्रस्ट छैन तर पनि मूल कारण चाँही आर्थिक र मानशिक नै भएको अड्कलबाजी लगाउन सकिन्छ ।
       
सात महिनाअघि काठमाडौंको एक नाम चलेको शैक्षिक परामर्शदाता मार्फत विद्यार्थी भिसामा आइटि पढ्न अस्ट्रेलियाको सिड्नी शहरमा आएका चितवनका दिनेश डल्लाकोटीलाई अहिले अस्ट्रेलियाले जीवनभर बिर्सन नसक्ने यादहरु थपिदिएको छ ।  

धेरै समयको पर्खाई, ऋण खोज्न गरेको दुख, आमाले कूल देवता भाकेर ल्याएको अस्ट्रेलियन भिसा उनलाई अहिले टोक्नु न बोक्नु भएको छ । आएको महिना दिन नबित्दै कोरोनाको महामारी सुरू भयो । 

कलेजहरु अनलाईन प्रणालीमा गयो । रोजगारी सबै ठप्प भयो । ६ महिनाको मात्र कलेज फि तिरेर आएका उनलाई कन्सल्टेन्सीले सिड्नीमा राम्रै कमाई हुन्छ पछिको फि आफै तिर्न सक्छौ भनेर ढुक्क बनाएर पठाएको थियो । यदि कोरोना भाईरस नभएको भए सायद उनले आफ्नो फि सम्म  तिर्ने पैसा जम्मा गर्न सक्थे।  

नेपालबाट ल्याएको दुई हजार डलर नसकिन्जेल सम्म त ठीकै थियो, सकिएपछि उनलाई तनाब हुन् थाल्यो । कोठा भाडा समेत तिर्न उनलाई धौधौ भयो । काम खोज्न नाता लागेका देखि फेसबुकमा भएका सबै ग्रुपमा गुहार्न पुगे तर काम भने कतै भेटिएन ।

कलेजले पनि महामारीमा हजार रुपैया दिने निर्णय गर्यो ।  केहि सामुदायिक संस्थाले दिएको रासनले उनको दिन चल्दै थियो । ६ महिनाले एकदिन काट्न नपाउदै कलेजबाट अर्को सेमेस्टरको लागि फि तिर्नु पर्ने भन्दै इमेल आएपछि त झन् उनलाई मर्नु न बाच्नु भयो।  केहि उपाय नलागेपछि उनले नेपालमा भएका परिवारलाई भनेर दोस्रो सेमेस्टर पनि पार लगाए ।

अहिले उनि सिड्नीको अर्बनमा एक क्लिनिङ्ग कम्पनिमा काम गर्छन ।  आएको ५ महिना पुरा भएपछि मात्र काम पाए ।  केहि नभए पनि फि र कोठा भाडा तिर्न सक्ने मात्रको रकम चाही जम्मा गर्छन । तर उनलाई काम पाउन मात्रै पाँच महिना लाग्यो ।

उनी भन्छन घरबाट फोन गर्छन फोन काट्दिन्छु।  बोल्न मन नलागेर होइन याद धेरै आउछ तर छोरा अस्ट्रेलियामा छ परिवारलाइ केहि आशा होला । ब्याज सबै  परिवारले तिर्देका छन्।  बोल्न लाज लागेर कहिले काहि मात्र बोल्छु ।  यो बर्ष त कोहि नेपाली पनि यहाँ नआए हुन्छ जस्तो लाग्छ ।                                       

उनी मात्र होइन बर्ष दिन अघि प्लस टु सकेर आएकी सम्झना अधिकारीलाइ अस्ट्रेलिया फापेन।  आफ्नैले दिएको धोका, घरले गरेको आशा  र पैसा कमाउन नसक्नुको कारणले उनि डिप्रेशनमै गईन कैयौ पल्ट आत्महत्या गर्न खोजिन तर सफल भइन्न । अन्त सेप्टेम्बरमा गरिएको सेमिच्याटर बिमानबाट उनि नेपालनै फर्किन ।   

अस्ट्रेलिया बाहिर फेसबुकका भित्तामा मात्र राम्रो देखिन्छ।  फेसबुकबाट बाहिर निस्किने हो भने यसको काहानी काहालीलाग्दो छ ।  झन् अन्तरास्ट्रिय बिद्यार्थीको अवस्था त  कल्पना भन्दा बाहिरै छ । जसरी हुन्छ प्लस टु सकेर अस्ट्रेलिया आउनै पर्ने होडबाजी र कन्सल्टेनसिले देखाएको अलौकिक दन्तकथाले सबै भन्दा ठुलो दुर्घटना पारिरहेको छ ।  

अस्ट्रेलियाको भिसा पाउना साथ खुट्टामा लाउनु पर्ने जुत्ता  हातमा बोकेर त्यति हत्तारका साथ आउछन ।  बेलामा न कन्सल्टेन्सीले सहि कुरा बताउछ न बिद्यार्थीले नै सोधखोज गर्छन ।  बितेका केहि महिना यता अस्ट्रेलियामा कोरोनाको कहरसँगै धेरै नेपाली युवाहरु उचित काम नपाउदा, आफ्नो खर्च बेहोर्न नसक्दा पनि डिप्रेसनको शिकार भैरहेका छन् ।   

महामारीपछि अस्ट्रेलिया आफै आर्थिक हिसाबले कम्जोर भैसकेको छ । दिन(दिनै जसो अस्ट्रेलियाबाट संचालित धेरै फेसबुक ग्रुपहरुमा काम खोज्नेको भिड हुन्छ।   यँहा काम पाउन गार्हो भैसक्या छ । दिन(दिनै जसो अस्ट्रेलियाबाट संचालित धेरै फेसबुक ग्रुपहरुमा काम खोज्नेको भिड हुन्छ।     

कति बिद्यार्थीहरु कोठाको भाडा तिर्न नसकेर आफ्नो चिने जानेको वा साथीको कोठामा सरण लिएर बसिरहेका छन् । हाम्रो टुडिखेलमा खाना नपाएकालाई बाढेको खाना जस्तै यता पनि फुड बैंकले बाढेको खाना खादै छन् कैयौ विद्यार्थी ।          

तर यति हुदा पनि कन्सल्टेन्सीले गरिरहेको महँगो बिज्ञापन र अस्ट्रेलियामा भएका साथी(भाईको समुद्र छेउमा खिचेको फोटोलाई आधार बनाएर अस्ट्रेलियाको बोर्डर कतिबेला खुल्ला भनेर ढुकेर बसेका बिद्यार्थी र परिवार धेरै छन् ।

अस्ट्रेलिया आउनै नहुने ठाउँ फेरी बिल्कुलै होइन तर आउदा ध्यान भने एउटा भिसामा मात्र होइन धेरै कुरामा दिनु पर्छ । अस्ट्रेलियाको भिसा लाग्नु ठुलो कुरो होइन यो ठाउँ आएर टिक्नु सबै भन्दा ठुलो कुरा हो ।