प्रचण्डले सचिवालय सदस्यलाई किन बोलाए पार्टी कार्यालय ?

प्रचण्डले सचिवालय सदस्यलाई किन बोलाए पार्टी कार्यालय ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय सदस्यहरुसँग छलफल गर्ने भएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्तामा सहमतिको कुनै सम्भावना नदेखेपछि अध्यक्ष प्रचण्डले आज सचिवालय सदस्यहरुसँग पार्टी कार्यालय धुम्बाराहीमा छलफल गर्न लागेका हुन् ।

शुक्रबार बिहान आफूलाई भेट्न खुमलटार पुगेका नेकपा संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङलाई अध्यक्ष प्रचण्डले सचिवालय सदस्यसँग छुट्टै छलफल गर्ने जानकारी दिएका थिए ।

नेम्वाङलाई उनले पार्टी एकता गम्भीर मोडमा पुगेको भन्दै प्रधानमन्त्रीले स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन गर्नुपर्ने बताएका थिए । आजको सचिवालय बैठकमा प्रधानमन्त्री अ‍ोली बाहेक अन्य सबैलाई निम्तो गरिएको छ ।