के ओलीले संसद विघटन गर्दैछन् ? प्रचण्ड र नेपालले गरे कानुन व्यवसायीसँग परामर्श

के ओलीले संसद विघटन गर्दैछन् ? प्रचण्ड र नेपालले गरे कानुन व्यवसायीसँग परामर्श

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी नेकपामा विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्ने तयारी गरेको चर्चा शुरु भएको छ । ओलीले के कस्ता कदम चाल्न सक्छन् र त्यसको कानुनी उपचार के हुन्छ भन्ने विषयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले कानुन व्यवसायीहरूसँग छलफल गरेका छन्।

बिहीबार पार्टी कार्यालय पेरिस डाँडामा प्रचण्ड र नेपालले कानुनी पृष्ठभूमिका पार्टी नेता र कानुन व्यवसायीसँग छलफल गरेको स्रोतले बतायो। ओलीसँग वार्ताको लागि बालुवाटार जानुअघि उनले कानुन व्यवसायीसँग छलफल गरेका हुन् । 

उनीहरुबीच अहिलेको अवस्थामा प्रधानमन्त्रीले चाल्न सक्ने कदमले कस्ता खालका कानुनी संकट ल्याउँछ भनेर सामान्य कुराकानी भएको बताइन्छ । कानुनी व्यवसायीहरुले  ओलीलाई सत्ताबाट हटाएमा उनले अध्यादेश ल्याएर पार्टी फुटाउने, या  संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्गसक्नेबारे कानुन व्यवसायीहरुले शतर्क गराएका थिए ।