मन्त्रिपरिषद बैठक सम्पन्न, प्रधानमन्त्रीले भने-'सरकार ढल्दैन, ढुक्कसँग काम गर्नुहोस्'

मन्त्रिपरिषद बैठक सम्पन्न, प्रधानमन्त्रीले भने-'सरकार ढल्दैन, ढुक्कसँग काम गर्नुहोस्'

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । बैठकमा प्रधामन्त्री केपी ओलीले पार्टीभित्र विकशित राजनीतिक घटनाक्रमको आफूले दह्रो प्रतिवाद गर्ने बताएका छन्। 

बैठकको सुरुमा प्रधानमन्त्री ओलीले नेकपाको जारी विवादबारे चर्चा गरेका थिए । जारी विवाद वार्तामार्फत समाधान गरिने र अनावश्यक बखेडा झिकिएमा त्यसको प्रतिवाद गरिने ओलीले बताएका थिए । 

नेकपाभित्रको जारी विवादमा प्रधानमन्त्री ओली अल्पमतमा परेका छन् । उनले अल्पमत र बहुमतको पछाडि लाग्ने हो भने पार्टी एक रहन नसक्ने भएकोले सहमति नै अहिलेको आवश्यकता रहेको बताएका थिए ।

विभिन्न समूहले राजीनामा मागेको सन्दर्भमा पनि उनले आफूलाई जनताले ५ वर्षका लागि प्रधानमन्त्री बनाएको भन्दै बीचमै राजीनामा नदिने भन्दै मन्त्रीहरुलाई ढुक्कसँग काम गर्न आग्रह गरेका थिए । 'सरकार ढल्दैन, पाँच वर्ष यहि सरकार कायम रहन्छ तपाईंहरु ढुक्कसँग काम गर्नुहोस्', बैठकमा प्रधानमन्त्रीले भने ।