ओली-प्रचण्डबीच आज भेटघाट हुँदै, फुट्ला कि जुट्ला नेकपा ?

ओली-प्रचण्डबीच आज भेटघाट हुँदै, फुट्ला कि जुट्ला नेकपा ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भेटवार्ता हुने भएको छ ।

आज बिहिबार दिउँसो भेटघाटको तयारी भैरहेको बताइएको छ । पछिल्लो समय पार्टी फुट्ने सम्मको विवाद समाधानका लागि दुई अध्यक्ष भेटको तयारी भएको पनि बताइएको छ । बुधबार दुई अध्यक्षबीच भेट्ने तय भए पनि अन्तिममा स्थगित भएको थियो। पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको निधन भएकाले स्थगित गरिएको बताइएको छ ।

गत शनिबार दुई अध्यक्षबीच बालुवाटारमा भेट भएको थियो। उक्त भेटमा प्रधानमन्त्री ओलीले सधै विवाद गरिरहन भन्दा अलग पार्टी बनाएर अगाडि बढ्न प्रस्ताव गरेपछि ओली र प्रचण्ड दुबै समूह आ आफ्नो रणनीति तयमा जुटेका थिए । 

नेकपाका दोस्रो तहका नेता र कार्यकर्ताको व्यापक दबाव पछि ओली प्रचण्ड दुबैजना सहमतिको प्रयास गर्ने तयारीमा छन् । प्रचण्ड पक्ष सचिवालय बैठक बोलाएर अगाडि बढ्न चाहन्छ भने ओली भने दुई अभ्यक्षबीच पहिला सहमति भएपछि मात्र पार्टी कमिटीका बैठक बोलाउने मत राख्दै आएका छन् । 

अध्यक्षद्धयबीच आजको वार्ताले नेकपा फुट्ने या जुट्ने कुराको निक्र्योल गर्ने देखिन्छ ।