के प्रधानमन्त्री ओलीले दिंदैछन् राजीनामा ? राजीनामाबारे दिए यस्तो अभिव्यक्ति

के प्रधानमन्त्री ओलीले दिंदैछन् राजीनामा ? राजीनामाबारे दिए यस्तो अभिव्यक्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा नदिने बताएका छन् । आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको उनले बताए । उनले आफू जनताको आबस्यकताले र समर्थनले प्रधानमन्त्री भएको भन्दै कसैले चाहँदैमा राजीनामा नदिने बताए ।

बुधबार आयोजित एक कार्यक्रममा उनले बेलाबेला आफूले राजीनामा दिन लागेको भनेर हल्ला हुने गरेको बताए । उनले भने, ‘के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिने बाला छैन ।’

नेकपाभित्रको पछिल्लो विवाद बढ्दै जाँदा प्रधानमन्त्रीको राजीनामाका अवाजहरु उठिरहेका छन् । जारी विवाद वार्ता र सहमतिको माध्यमबाट समाधान हुने प्रधानमन्त्री ओलीको भनाई थियो ।