प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा दर्ता भयो यस्तो मुद्दा

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा दर्ता भयो यस्तो मुद्दा

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार गर्न दिएको आदेशको उल्लंघन गरेको भन्दै आइतबार अवहेलना मुद्दा दर्ता भएको हो । अधिवक्ताहरु केशरजंग केसी र लोकेन्द्रबहादुर ओलीले प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री ढकालविरुद्ध अदालतको अवेहलनाको निवेदन दर्ता गरेका हुन् ।

सर्वोच्च अदालतले गत असोज २७ गते कोरोना परीक्षणका क्रममा सरकारी स्वास्थ्य निकायमा कुनैपनि शुल्क नलिन सरकारका नाममा निर्देशन दिएको थियो । सर्वोच्चले कोरोना संक्रमणसँग जोडिएका सबै सेवा ‘आधारभूत स्वास्थ्य सेवा’को परिभाषाभित्र पर्ने भन्दै तिनलाई पनि निःशुल्क गर्न आदेश दिएको थियो ।

नेपालको संविधानमा आदेशरफैसलाको अवज्ञा भएमा वा न्यायसम्पादनमा अवरोध भएमा अदालतको अवहेलनाको आरोपमा कारबाही हुने व्यवस्था छ । निवेदनमा प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री ढकाललाई एक वर्ष कैद र १० हजार रुपैंया जरिवानाको माग गरिएको छ ।