आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा१६४  गरी जम्मा १६२२  जना संक्रमित थपिएका छन् ।

नेपालभर पछिल्लो २४ घण्टामा थप २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९६० पुगेको मन्त्रालयले बताएको छ । 

आज २ हजार २६४ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ ।

हाल देशभर कुल संक्रमितमध्ये ३७ हजार ७ सय ६१ जना सक्रिय संक्रमित छन्। यीमध्ये ६ हजार ७ सय ८९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।