कर्णाली प्रदेशमा आफूनिकट दुई मन्त्रीलाई हटाउने तयारी भएपछि प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन

कर्णाली प्रदेशमा आफूनिकट दुई मन्त्रीलाई हटाउने तयारी भएपछि प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन

काठमाडौं । नेकपामा कर्णाली प्रदेशक विवाद पेचिलो बन्दै गएको छ ।  नेकपा अध्यक्ष तथा प्रधानमन्त्री  केपी ओलीले आफूनिकट दुई मन्त्रीलाई हटाउने संकेत पाएपछि राजीनामा नदिन निर्देशन दिएका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर  शाहीले आइतबार माधव नेपाल समूहका हरुसँग भएको पूर्वसहमति अनुसार आफ्नो मन्त्रिपरिषदमा हेरफेर गर्दैछन्। नेपाल समूहबाट तीनजनालाई स्थान दिने तयारी गरेका बेला ओलीले आफू निकट मन्त्री दल रावल र नन्दसिंह बुढालाई हतारमा राजीनामा नदिन निर्देश दिएको पार्टी स्रोतले बताएको छ ।

यता मन्त्री रावलले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्,‘ कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्‍याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरु प्रति ऋणी छु ।’