एकाएक बालुवाटार पुगे प्रचण्ड, ओलीसँग सचिवालय बैठक बोलाउन आग्रह गर्ने

एकाएक बालुवाटार पुगे प्रचण्ड, ओलीसँग सचिवालय बैठक बोलाउन आग्रह गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकाएक बालुवाटार पुगेका छन् । प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेको बताइएको छ ।

ओलीको कार्यशैलीसँग असन्तुष्ट रहेको दाहाल दुई सातादेखि बालुवाटार पुगेका थिएनन् । कर्णाली प्रदेशको विवाद सुल्झाउन कार्तिक ४ गतेको भेटपछि उत्पन्न परिस्थितिले उनीहरूको दुरी बढाएको थियो। त्यसयता संवाद ठप्प थियो ।

प्रचण्डले ओलीसँगको भेटमा सचिवालय बैठकको प्रस्ताव गर्ने भएका छन् । जारी पार्टी विवाद सचिवालयमार्फत हल गरिनुपर्ने दवाव प्रचण्डले दिंदै आएका छन् ।