आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार १०७ जना पुरुष रहेका छन् भने ७८१ जना महिला रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ३५ सय १७ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबार चार हजार ९६ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना जित्नेको संख्या एक लाख २८ हजार ९५८ पुगेको छ । २४ घण्टामा १६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।