ओलीको सन्देश लिएर खुमलटार पुगेका ज्ञवालीलाई प्रचण्डले दिए यस्तो जवाफ

ओलीको सन्देश लिएर खुमलटार पुगेका ज्ञवालीलाई प्रचण्डले दिए यस्तो जवाफ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का  अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको तिक्तताले पार्टी विवाद फुटको दिशामा अगाडि बडेपछि दोस्रो तहका नेताहरु उनीहरुबीच वार्ताको वातावरण बनाउन लागिपरेका छन् । अध्यक्षद्धयको संवादहीनता अन्त्य गर्ने प्रयासस्वरुप परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अध्यक्ष प्रचण्डसँग भेट गरेका छन्। 

प्रधानमन्त्री ओलीको सन्देश लिएर ज्ञवाली बिहान ११ बजे भैंसेपाटी पुगेका ज्ञवालीले प्रचण्डसँग डेढ घण्टा छलफल गरेको प्रचण्डको सचिवालयले जनाएको छ। यसअघि महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेललाई प्रधानमन्त्री ओलीले पठाएका थिए। प्रचण्ड सचिवालयका अनुसार तीनै जनालाई उस्तै जवाफ दिएर प्रचण्डले भेटप्रति अनिच्छा प्रकट गरेका थिए।

ज्ञवालीसँग पनि प्रचण्डले ओलीसँग एक्लाएक्लै वार्ता गर्नुको कुनै औचित्य नभएको भन्दै २,४ दिनमा सचिवालय बोलाउने र सचिवालयमार्फत नै जारी विवादको समाधान खोजिनुपर्ने बताएका थिए । 

आफ्ना निकटस्थ नेताहरुसँग कुरा गर्दा भेट्न नचाहेको बुझेपछि अध्यक्ष ओली आफैंले फोन समेत गरेका थिए। तर, प्रचण्डले ओलीलाई पनि सोही जवाफ फर्काएको बताइन्छ । कांग्रेससँग मिलर आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन खोजेको आशंकामा ओलीले विभिन्न दुतमार्फत प्रचण्डलाई फकाउने प्रयास गरिरहेका छन् ।