ओली-प्रचण्ड भेटको अर्थ छैन, तत्काल सचिवालय बैठक बोलाउनुपर्छः खनाल

ओली-प्रचण्ड भेटको अर्थ छैन, तत्काल सचिवालय बैठक बोलाउनुपर्छः खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालको एक्लाएक्लै भेटवार्ताको आवश्यकता र औचित्यता दुवै नरहेको बताएका छन् । दुई अध्यक्षको तारन्तारको भेटवार्ता र छलफलले कुनै निकास दिन नसकेको र पार्टीभित्रको तमाम अन्तर्विरोध समाधान गर्न नसकेको भन्दै ओली(प्रचण्डको भेटको कुनै अर्थ नरहेको बताएका हुन् ।

राजदूत सिफारिस र कर्णाली प्रदेश प्रकरण र मन्त्रिपरिषद् पुनर्गठनपछि दुई अध्यक्षबीच संवादहीनता झाँगिएको छ । भेटघाट पनि हुन सकेको छैन । प्रधानमन्त्री ओलीले तीनजना नेता पठाएर छलफलका लागि आग्रह गरेपछि प्रचण्डले इन्कार गर्दै आएका छन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले तत्काल सचिवालय बैठक बोलाउन माग गरे । उनले सचिवालय बैठक बसेर निकास निकाल्नुपर्ने पनि बताए ।