कांग्रेससँग मिलेर प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रचण्ड-नेपाल समूहको तयारी

कांग्रेससँग मिलेर प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रचण्ड-नेपाल समूहको तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी विवाद थप चुलिने देखिएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले एकतर्फि मन्त्रिपरिषद् पुर्नगठन गरेपछि शुरु भएको विवाद कर्णलीमा अविश्वासको प्रस्ताव समाधानको क्रममा थप चुलिएको थियो । पर्सा झडपसम्म आइपुग्दा नेकपाको विवाद तल्लो तहसम्म बिस्तार भएको छ । 

विवाद चुलिदै जाँदा अध्यक्षद्धय प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ताको वातावरण बन्न सकिरहेको छैन । पछिल्लो विवादमा वरिष्ट नेताद्धय माधव नेपाल र झलनाथ खनालसहित उपाध्यक्ष वामदेव गौतमको पनि साथ पाएका प्रचण्डले ओलीविरुद्ध निर्णायक संधर्ष गर्ने चयारीमा देखिन्छन् । 

पछिल्लो गतिविधिलाई नियाल्दा ओलीइत्तर शक्तिहरु अविश्वास प्रस्ताव संसदीय दलमा दर्ता गर्ने तयारी गरिरहेको नेकपा स्रोतको दाबी छ ।  पार्टीको  निर्णय विपरीत आफुखुशि काम गरेको र सरकारसमेत बदनाम गराउन लागेको भन्दै ओलीविरुद्धको अविश्वासको प्रस्तावमा गोप्य रुपमा हस्ताक्षर गर्ने काम स्रोतले बतायो । 

ओलीविरुद्धको अविश्वासको प्रस्ताव पार्टी संसदीय दलमा असफल भएमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग मिलेर  भएपनि त्यो संसदमै दर्ता गर्नका लागि हस्ताक्षर संकलन भइरहेको बताइन्छ ।

यता प्रधानमन्त्री ओलीले हिजो बिहिबार नेता शंकर पोखरेल र सुवास नेम्वाङलाई प्रचण्डलाई फकाउन खुमलटार पाठाएका थिए । सो भेटमा प्रचण्ड ओलीसँग वार्तामा बस्न नमानेको र सबै विवादको समाधान पार्टी कमिटीबाटै गर्नुपर्ने बताएपछि ओली समूह पनि थप रणनीतिको तयारीमा जुटेको छ । अविश्वासको प्रस्ताव पेश हुने बतावरण कसरी आउन नदिने भन्नेमा ओलीनिकटका नेताहरु छलफलमा जुटेको बताइन्छ ।