ईपीएसको सीप परीक्षणमा ६ हजार ८ सय मात्र उतिर्ण

ईपीएसको सीप परीक्षणमा ६ हजार ८ सय मात्र उतिर्ण

काठमाडौं : कोरियन भाषा परीक्षाको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत सीप परीक्षणको नतिजा प्रकाशित भएको छ।

सन् २०१९ का लागि कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सामेल भएकामध्ये १२ हजार १० जनाले भाषा परीक्षा पास गरेका थिए।भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये ६ हजार ७ सय ७३ जनाले मात्र सीप परीक्षा उत्तीर्ण गरेको कोरियाको मानव संशाधन केन्द्र ९एचआरडी०ले जनाएको छ।

ईपीएस शाखाका अनुसार सन् २०२० का लागि कृषि क्षेत्रमा जान चाहने परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए। परीक्षामा पास हुनेले १ सय १० अंकको सीप परीक्षणको परीक्षामा अनिवार्य पास हुनुपर्ने छ। सीप परीक्षणमा पास भएका परीक्षार्थी मात्र रोजगारका लागि कोरिया जाने निश्चित हुने ईपीएस शाखाले जनाएको छ। यस्तै, उत्पादनमूलक क्षेत्रमा जानका लागि परीक्षार्थीले १ सय अंकको भाषा परीक्षा दिएका थिए।