नेपालमा आज थपिए २३६४ कोरोना संक्रमित, १७ जनाको मृत्यु

नेपालमा आज थपिए २३६४ कोरोना संक्रमित, १७ जनाको मृत्यु

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना कोरोना मुक्त भएसंगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १ लाख २४ हजार ८ सय ६२ पुगेको छ ।

हाल आइसोलेसनमा ३८ हजार ९ सय ५२ र क्वारेन्टिनमा २ हजार ६ सय ८९ जना रहेका छन् ।