बडा दशैंको आज चौथो दिन, आज पनि मान्यवरबाट टीका जमरा लगाइँदै

बडा दशैंको आज चौथो दिन, आज पनि मान्यवरबाट टीका जमरा लगाइँदै

काठमाडौं । बडा दशैंको आज चौथो दिन । आज पनि आफन्तजन र मान्यवरबाट टीका र जमरा लगाई आशिर्वाद लिने क्रम जारी छ । खासगरी टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लिने चलन छ । टाढा रहेका मान्यवर तथा आफन्तजनको हातबाट टीका लगाउने चलन भएपनि यसवर्ष भने कोरोना महामारीका कारण चहलपहल त्यति देखिएको छैन ।

राजधानी काठमाडौंमा पनि गत बर्षहरुमा भन्दा यो बर्ष चहलपहलमा कमी आएको पाइयो । मठमन्दिरमा पूजाआजा गर्नेदेखि आफन्त कहाँ जाने(आउनेहरुको चहलपहल नगन्य रह्यो । 

सरकारले संक्रमण फैलन सक्ने भएकाले घरैमा सिमित भएर दशैं मनाउन आग्रह गरेकाले पनि चहलपहलमा कमी आएको हुन सक्ने बुझाई आम नागरिकको रहेको पाइन्छ ।