आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार थप आठ सय ४३ जना कोरोनाबाट संक्रमित भएका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी ६ सय ९६ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी ललितपुरमा एक सय १८ जना र भक्तपुरमा २९ जना संक्रमित भएका छन् । देशभर बुधबार १९ सय ५४ जना संक्रमित भएका छन् भने २९ सय ८१ जना संक्रमणमुक्त भएका छन् । 

नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८८७ पुगेको छ ।