नेपालमा आज थपिए १९५४ नयाँ संक्रमित, थप ११ जनाको मृत्यु

नेपालमा आज थपिए १९५४ नयाँ संक्रमित, थप ११ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९५४ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ८ हजार २४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

उपत्यकामा मात्रै ८४३ जना संक्रमित भएका छन् । काठमाडौंमा ६९६, भक्तपुरमा २९ र ललितपुरमा ११८ जना संक्रमित भए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९८१ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७५ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख २१ हजार ८२४ रहेको छ ।

देशभर गत २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५ प्रतिशतको ज्यान गएको छ ।