नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित

नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । कात्तिक १५ देखि १७ गतेसम्म निर्धारण गरिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो । 

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति निकालेर स्थगित बैठक अब मंसिर १५ देखि १७ गतेसम्म आयोजना गरिएको जानकारी दिएका छन् ।

बढ्दो कोरोना महामारीको प्रकोपका कारण पूर्वनिर्धारित बैठक स्थगित गरिएको उनीहरुले विज्ञप्तिमा जनाएका छन् ।