नेपालमा आज थपिए ५७० जना कोरोना संक्रमित, १४ जनाको निधन

नेपालमा आज थपिए ५७० जना कोरोना संक्रमित, १४ जनाको निधन

काठमाडौं  ।  नेपालमा पछिल्लो २४ घण्टामा देशभर  थप ५७० सय  जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ६० हजार ४००  पुगेको छ । त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या  ४० हजार ६८१ छ। यससँगै संक्रमित मुक्त हुनेहरूको कुल संख्या एक लाख १८ हजार ८४३ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार आज देशभर ३१ सय ६८  जना संक्रमित कोरोनामुक्त भएका छन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १४ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या ८७६ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।